चितवन, कार्तिक ३ । चितवनमा थप एक जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। चितवन मेडिकल कलेजमा उपचारत नवलपरासी देवचुली–११ का ७५ वर्षिया महिलाको आज (सोमबार) दिउसो साढे २ बजे ज्यान गएको हो।
उनी यही २७ गते अस्पतालमा भर्ना भएकी थिइन्। ज्वरो आउने, घाटी दुख्ने, खोकीको समस्या रहेको थियो। उनी दमको दीर्घरोगी समेत रहेको अस्पतालले जनाएको छ। यसअघि विहान ४ बजे भरतपुर–४ का कोरोना संक्रमित ७६ वर्षिय पुरुषको उपचारका क्रममा ज्यान गएको हो।
Facebook Comments


























