चितवन, कार्तिक ३ । चितवन मेडिकल कलेज (सीएमसी) मा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको सीएमसीका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए।
ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएपछि उनलाई गत असोज २० गते अस्पताल भर्ना गरिएको थियो। उच्च रक्तचाप, प्रोस्टेट र थाइराइडबाट पनि पीडित ती पुरुषमा असोज २० गते नै कोरोना संक्रमण पुष्टि भएको थियो। उपचारमा अथक प्रयास गर्दागर्दै आज बिहान उनको मृत्यु भएको डा.लम्सालले बताए।
Facebook Comments


























