काठमाडौं, असोज २७ । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा भएको छलफलले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र असन्तुष्ट पक्षलाई काठमाडौं बोलाएको छ। असन्तुष्टिका बारेमा दुवै अध्यक्षसँग बसेर छलफलका लागि काठमाडौं बोलाउने निर्णय भएको बालुवाटार स्रोतले जनाएको छ।
इामलाल कडेँल पक्षलाई पनि विवादको विषयमा आफ्ना कुरा राख्न काठमाडौं आउनु भनिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री शाही अहिले आन्तरिक छलफलमा रहेका छन्। शाही आफू निकट र माधव नेपाल पक्षका सांसदहरुसँग छलफलमा गरिरहेका छन्। उनीहरुसँग बिहीबार बालुवाटारमा छलफल हुने भएको छ।
छलफलमा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा सहइन्जार्ज यमलाल कडेल, अध्यक्ष गोरखबहादुर वोगडी र सचिव मायाप्रसाद शर्मा सँगै राखेर छलफल हुने भएको छ।
Facebook Comments


























