चितवन, असोज २६ । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा कुल संक्रमित मध्य २६० जना कोरोना संक्रमणमुक्त भएका छन। सो नगरपालिकामा अझै पनि १२९ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य शाखाले जनाएको छ।
कुल १ हजार ६६० जनाको पिसीआर परीक्षण गर्दा ३९३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलले जानकारी दिए। संक्रिय संक्रमित मध्य पब्लिक आइसोलेसन टरौलीमा ५ महिला र ११ पुरुष गरी १६ जना, होम आइसोलेसनमा ४२ महिला र ७१ पुरुष गरी ११३ जना रहेको पौडेलले जनाकारी दिए। सो नगरपालिकामा अहिले सम्म कोरोना संक्रमणकै कारण ४ जनाको मृत्यु भएको छ।
अहिले सम्म वडा नं १ का १९ जना, वडा नं २ का ४३ जना, वडा नं ३ का ४१ जना, वडा नं ४ का ६८ जना, वडा नं ५ का ८ जना,वडा नं ६ का ५ जना, वडा नं ७ का ५ जना र वडा नं ८ का १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैगरी अहिले सम्म वडा नं ९ का १२ जना, वडा नं १० का २६ जना, वडा नं ११ का ८ जना, वडा नं १२ का २२ जना, वडा नं १३ का १८ जना, वडा नं १४ का ६९ जना, वडा नं १५ का १९ जना र वडा नं १६ का १६ जनाको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका सहसंयोजक नरहरि श्याम शर्माले जानकारी दिए। सो नगरपालिकाका मेयर नारायण वन कोरोना मुक्त भएका छन भने प्रमुख प्रशासकीय अधिकृत कोरोना संक्रमित भइ भरतपुर अस्पतालको कोभिड आइसीयुमा उपचाररत छन।
उक्त नगरपालिकामा अन्य कर्मचारी र जनप्रतिनिधिहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

























