काठमाडौं, असोज २५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय भएको जनाएको छ।
शाहीले पार्टीका काम कारबाही प्रभावकारी रुपमा गर्न नसकेको र जनताकाबीचमा सरकार लोकप्रिय बन्न नसकेको आरोप लागेको छ। मुख्यमन्त्रीको कार्यशैलीविरुद्ध नेकपा सांसदहरु असन्तुष्ट रहँदै आएका छन्। शाहीविरुद्ध नेकपा प्रदेशसभा संसदीय दलको विधान २०७५ को नियम २४ ९१० बमोजिम अविश्वासको प्रस्ताव दर्ता गरिएको हो।
मुख्यमन्त्रीविरुद्ध सांसदहरु यामलाल कँडेल, चन्द्र बहादुर शाही, करविर शाही, कर्मराज शाही, अम्मर बहादुर थापा, सुशील कुमरा थापा, मिना सिंह राणासहित १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।




























