चितवन, असोज २५ । नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रले आज (आइतबार) रत्ननगरका विभिन्न भागमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ। रत्ननगर नगरपालिकाद्वारा वडा नम्बर २ टाँडी चोकमा निर्माण भइरहेको आकाशे पुलअन्तर्गत पर्सा ३३ केभी लाइन भूमिगत गर्नु पर्ने भएकाले भो्लि विहान ७ बजेदेखि १० बजेसम्म तीन घण्टा विद्युत आपूर्ति बन्द गर्न लागिएको हो।
विद्युत आपूर्ति बन्द हुने चैनपुर तथा सौराहा फिडरअन्तर्गत सौराहा पर्यटकीय क्षेत्रहरु, सौराहा चोकदेखि चित्रसारी, जमुनापुर, चैनपुर, शक्तिखोर, खोलेसिमललगायतका क्षेत्र रहेका छन्। यसैगरी, पर्सा तथा टाँडी फिडरअन्तर्गतका चैनपुरदेखि टाँडी चोकसम्म, पर्साबजार हुँदै टुंगारालगायका क्षेत्र रहेका छन्। नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रले यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ।



















