चितवन, असोज २४ । चितवनमा शनिबार थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ।
कोभिड आइसीयूमा उपचाररत भरतपुर महानगरपालिका–१ का ४७ वर्षीय पुरुषको शनिबार साँझ साढे ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई असोज २३ गते अस्पताल भर्ना भएका ती पुरुषको सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो।
Facebook Comments


























