काठमाडौ, असोज २४ । कोरोना सङ्क्रमण बढदै गएपनि सरकारले तत्काल लगडाउन नगर्ने भएको छ। हाल नेपालमा २७ हजार ५३ सक्रिय सङ्क्रमित रहेका छन्। विज्ञहरुले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेपछि लकडाउन गर्न सुझाव दिएका थिए।
तत्कालका लागि लकडाउन नगर्ने योजना नबनाएको तर ठाउँ अनुसार फरक रणनीति अपनाउन सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले लकडाउन गर्ने त्यस्तो कुनै निर्णय नभएको र संक्रमण रोक्नु नै पहिलो प्राथमिकता भएको बताए।
नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १३ हजार २ सय ८९ पीसीआर परीक्षण गरिएकोमा थप २ हजार ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
Facebook Comments


























