काठमाडौं, असोज २१ विभिन्न देशका लागि राजदूतमा सिफारिस भएका तीन जनाविरूद्ध उजुरी आह्वान भएको छ। संघीय संसदको संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकले युवराज खतिवडा, लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्मा विरुद्ध उजुरी आह्वान गरेको हो।
खतिवडा, रेग्मी र विश्वकर्मालाई केही दिनअघि सरकारले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि राजदूत सिफारिस गरेको थियो। समितिले उजुरीका लागि १० दिनको म्याद दिएको छ। म्याद अवधि बिहीबारबाट सुरू हुनेछ।
Facebook Comments


























