मकवानपुर, असोज १८ । हेटौंडा–कुलेखानी–फर्पिङ सडक मार्गको भीमफेदी वडा नम्बर– ६ जुरीखेतमा केही बेरअघि यात्रुबाहक जीप सुमो दुर्घटना हुँदा घटीमा २ जनाको ज्यान गएको छ। हेटौंडाबाट काठमाडौंका लागि ७ जना यात्रु लिएर गएको ना. १ ज ४१०६ नम्बरको सुमो दुर्घटना भएको हो। सुमो भीरबाट करीब १ सय मिटर तल खोल्सामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
सो दुर्घटनामा गम्भीर घाईते भएकामध्ये उद्धार गरी ४ जनालाई हेटौंडा र १ जना बालकको भीमफेदी स्वास्थ्य चौकीमा उपचारका लागि पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले बताएका छन्। अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ।
Facebook Comments


























