असोज १७ । विश्वमा अक्टोबर १ लाई ‘विश्व कफी दिबस’ को रुपमा मनाइन्छ। यो दिबस मनाउनुको उद्देश्य कफीको व्यवसायलाई बढाउनु हो। कफीले शरीरलाई तुरुन्तै शक्ति दिने भएकाले दिनको सुरुवात कफीबाट गर्ने गरिन्छ। यसका साथै कफीका अन्य फाइदाहरु पनि छन्।
कलेजो
स्वास्थ्य विज्ञका अनुसार दिनमा दुई देखि तीन कफ कफी दूध र चिनी नमिसाइकन खाँदा कलेजोसँग जोडिएका विभिन्न रोगहरु लाग्नबाट बच्न सकिन्छ। विज्ञ चिकित्सकका अनुसार कलेजोमा हुने क्यान्सरको सम्भावना पनि कफी पिउँदा कम हुन्छ। कालो कफीले कलेजो स्वस्थ्य राख्न सहयोग पुर्याउँछ।
तौल
कफीमा म्याग्नेशियम र पोटाशियम पाइन्छ। यसले मोटोपनलाई नियन्त्रणमा राख्छ।
मुटु
कफीको सेवनले मुटु रोगीका लागि फायदा पुर्याउँछ। कफीले हर्ट स्ट्रोकको खतराबाट पनि बचाउँछ।
मधुमेह
मधुमेह आजभोलि आममानिसको समस्या हो। कफीमा पाइने क्याफिनले रगतमा चिनीको मात्रा कम गराउँछ। त्यसैले यस्ता रोगीहरुलाई कफी फाइदाजनक हुन्छ।
छाला
क्याफिनले आँखाको एलर्जी र डार्क सर्कलबाट पनि बचाउँछ। त्यसैले कफी पिउँदा छाला स्वस्थ्य हुन्छ। यति मात्र होइन कफी फेसप्याक बनाएर पनि लगाउन सकिन्छ।
























