चितवन, असोज १७ । भैरहवाबाट काठमाडौँका लागि छुटेको ट्रक पृथ्वी राजमार्ग अन्तर्गत चितवनको कुरिनटारबाट त्रिशूली नदीमा खसेको छ। भैरहवाबाट सिमेन्ट लिएर छुटेको ना ५ ख ९६२२ नम्बरको इच्छाकामना गाउँपालिका-४ कुरिनटारस्थित एक मोडबाट साढे ४ बजेतिर त्रिशूली नदी किनारमा खस्दा तीन जना घाइते भएका छन्।
दुर्घटनामा ट्रक चालक धादिङ गल्छी गाउँपालिका- ७ का २७ वर्षीय रोहित तमाङ, सहचालक सोही ठाउँका १९ वर्षीय राजकुमार लोप्चन र धादिङ थाक्रेका २३ वर्षीय अर्जुन रुम्बा घाइते भएका छन्। उनीहरूमध्ये रूम्बाको अवस्थ गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको धादिङ मलेखुको हाइवे अस्पतालमा उपचार भइरहेको छ।
Facebook Comments


























