चितवन, असोज १५ । नारायणगढ स्थित नारायणी मोटर्सले बिहीबारदेखि बजाज मोटरसाइकलको ‘एभेन्जर १६० स्ट्रीट’ बिक्री शुरु गरेको छ। नयाँ मोडलको मोटरसाइकलको बिहीबार युवा उद्यमी मञ्च चितवनका अध्यक्ष कृष्ण सापकोटाले शुभारम्भ गरेका हुन्। युवालक्षित मोटरसाइकल भएकोले युवा समूहका लागि उपयुक्त हुने उनले बताए। एन्टीकल ब्रेक सिस्टम जडान गरिएको मोटरसाइकलमा आकस्मिक ब्रेक लगाउँदा नघिस्रिने हुँदा दुर्घटना न्यूनीकरणमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।
नारायणी मोटर्सका सेल्स म्यानेजर हरेराम खरेलले लामो दुरीको यात्रामा यो मोटरसाइकलको प्रयोग सहज हुने बताए। इन्जिनसमेत अग्लो भएकोले जस्तोसुकै अप्ठ्यारो बाटोमा पनि सहज यात्रा गर्न सकिने उनको भनाइ छ। रातो र कालो रङमा आएको यो मोटरसाइकलको इन्धन क्षमता १३ लिटर रहेको छ। नारायणी मोटर्सका म्यानेजर शेरबहादुर पौडेलका अनुसार मोटरसाइकलमा ३ दशमलव ८ लिटर पेट्रोल रिजर्भमा रहनेछ। तीन लाख १९ हजार ९०० रूपैयाँ मूल्य रहेको यो मोटरसाइकलले प्रतिलिटर ४० देखि ४५ किलोमिटरको माइलेज दिने उनले बताए।


























