काठमाडौं, असोज १२ । नेपालमा पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टामा १ हजार ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर १९ हजार ६२४ जना सक्रिय संक्रमित छन्। हाल ८ हजार ६९५ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ९२९ जना छन्। मन्त्रालयका अनुसार हाल ६ हजार ३१० जना क्वारेन्टाइनमा छन्।
Facebook Comments


























