काठमाडौं, असोज ८ । पछिल्लो २४ घण्टामा थप ४ सय ५७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै निको हुने संक्रमितको संख्या ५० हजार ४११ पुगेको छ। यो कुल संक्रमितको ७२.७ प्रतिशत हो।
नेपालमा पछिल्लो २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
Facebook Comments


























