चितवन, असोज ८ । चितवनमा एकैदिन १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेज र भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन १४३ जनामा संक्रमण पुष्टि भएको हो।
चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा १४० र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना गरी १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा चितवनका १२९ जना चितवन बाहिरका १४ जना रहेका छन्।
चितवनका सबैभन्दा धेरै रत्ननगर नगरपालिकाका ७५ जना रहेका छन्। जसमध्ये वडा नं १४ का मात्रै ४५ जना रहेका छन्। भरतपुर महानगरपालिकाका ४५ जना, खैरहनी नगरपालिकाका ४ जना, कालिका र राप्ती नगरपालिकाका २र२ जना र माडी नगरपालिकाका एक जना रहेका छन्।
यसैगरि नवलपरासी पूर्वका ९ जना, तनहुँ, लमजुङ, स्याङजा, बारा र मकवानपुरका एकरएक जना रहेका छन् ।




Facebook Comments


























