असोज ५ । लामो समय पिसाब रोक्दा, सरसफाईमा ध्यान नदिदा मुत्रनलीमा असर पुग्न सक्छ। खासगरी महिलाहरु पिसाब सम्बन्धी समस्याले बढी सताउने गरेको पाइन्छ। यद्यपि यस्तो समस्या पुरुष, बालबच्चा सबैमा हुनसक्छ।
मुत्रनलीको संक्रमण भएमा केही साझा लक्षण देखापर्छ। जस्तो, मुत्र त्यागको समयमा जलन हुनु, पटक–पटक पिसाव आइरहनु, पिठ्युमा दुखाई महसुष हुनु। त्यसैगरी पिसाबमा गन्ध आउनु, कतिपय अवस्थामा रगत आउनु।
पिसाब रोक्नु हानिकारक
पिसाबमा यूरिया र अमिनो एसिड जस्ता टक्सिन तत्व हुन्छ। यदि हामी लामो समयसम्म पिसाब रोक्छौं भने उक्त टक्सिन मृगौलामा पुग्छ र पत्थरीको समस्या पैदा हुन्छ। लामो समयसम्म पिसाब रोकेर बस्दा ब्लडरमा व्याक्टोरिया जम्मा हुन पुग्छ। यही ब्याक्टेरियाको कारण मुत्रनलीमा संक्रमण नित्याउँछ।
पिसाब रोकेर राख्नाले मुत्रथैलीमा त्यसले असर गर्छ। मुत्रथैली सुनिन्छ। यसले गर्दा पिसाब फेर्दा दुख्ने समस्या हुन्छ। पिसाब रोक्दा तयसको दबाव मृगौलामा पर्छ। यसैले गर्दा मृगौलाको रोग लाग्न सक्छ।
लामो समय पिसाब रोक्दा पिसाबको रंग गाढा पहेंलो र दुर्घन्धित हुन्छ। ब्याक्टेरियाको कारण यस्तो भएको हो। पिसाब रोक्नाले मुत्रथैली फुलिन्छ। यसले गर्दा मुत्रथैलीको छाला कमजोर हुन्छ। साथै दुखाई पनि सुरु हुन्छ।
पिसाब नरोकिने समस्या
पिसाब चुहिने समस्या आफैमा कुनै रोग नभएर रोगका लक्षण हुनसक्छ। विभिन्न शारीरीक समस्या, औषधि सेवन लगायतका कारण पनि यो समस्या आउँछ।
गर्भावस्था, प्रसव व्यथा, रजनोवृत्ति लगायत अन्य शारीरिक समस्याका कारण महिलामा तनावको समस्या धेरै हुने गर्दछ। यसैले समस्या निम्त्याउँछ। त्यसैगरी पुरुषहरुमा हुने पुरुष ग्रन्थीको समस्याका कारण पिसाब सम्बन्धि विभिन्न समस्या उत्पन्न हुने गर्छ। जसले पिसाब अनियन्त्रित हुने तथा पिसाब चुहिने समस्या निम्तने गर्दछ।
बढ्दो उमेरसँगै पिसाब नली कमजोर हुने गर्दछ। त्यस्तै, पिसाब थैली खुम्चनुका साथै पिसाब संग्रह गर्ने क्षमतामा समेत कमी आउने गर्दछ। जसका कारण पिसाब चुहिने वा पिसाब नियन्त्रण नहुने समस्या हुन्छ।
मोटोपनाका कारण पिसाब नली तथा त्यस आसपासका क्षेत्रमा दवाव सिर्जना हुने गर्दछ। जसका कारण पिसाब नली कमजोर भई खोक्दा वा हाडिउ गर्दा समेत पिसाब चुहिने गर्दछ। न्युरोलोजिक रोग तथा मधुमेह लगायतको रोगले पनि पिसाब नरोकिने समस्याको जोखिम बढाउने गर्छ।
सावधानी
लामो समय पिसाब रोक्नु हुँदैन। पर्याप्त मात्रामा पानीको सेवन गर्नुपर्छ। यसैगरी विवाहित दम्पतीले यौन सम्पर्कपछि मुत्र त्याग गर्नु एकदमै आवश्यक हुन्छ। यसले गर्दा भित्रको व्याक्टेरिया वाहिर निस्कन्छ। संक्रमणको खतरा कम हुन्छ। खासगरी महिलाले यौन सम्पर्कपछि मुत्र त्याग गर्नैपर्छ। खासगरी महिलाले योनीलाई ओसिलो बनाएर राख्नु हुँदैन। पिसाव फेरिसकेपछि योनी राम्ररी सफा गर्नुपर्छ। साथै त्यसलाई सुख्खा राख्नुपर्छ, जसले गर्दा मृत्रमार्गमा व्याक्टेरिया फैलन पाउदैन।
मासिक श्रावको बेला अरुबेलाभन्दा बढी योनीको सरसफाईमा ध्यान दिनुपर्छ। सेनिटरी प्याडलाई हरेक ६ घण्टामा बदल्नुपर्छ।
घरेलु उपचार
पिसाब पोल्ने वा दुख्ने समस्या आम हो। धेरैले यस्तो समस्या भोगिरहेका हुन्छन्। शरीरमा पानीको मात्रा अपुग हुँदा पिसाब पोल्छ। यद्यपी अरु थुप्रै कारण हुन्छ, जसले पिसाब पोल्ने र दुख्ने गर्छ।
-गाजरको जुस नियमित पिउने गर्नुपर्छ।
-दुधमा सुकुमेल पिसेर पिउनुपर्छ। यसले पिसाबको दुखाई ठीक हुन्छ।
– केहि समयसम्म मनतातो पानी सेवन गर्नुपर्छ।
-दुधमा मिश्रीको मिश्रण बनाएर पिउदा पनि यो समस्याबाट मुक्ति पाइन्छ।
-केहि दिनसम्म फिटकिरीमा थोरै पानी मिसाएर दिनमा दुई तीन पटक पिउनुपर्छ।
– ८० ग्राम गहुँको दानालाई भिजाउने। बिहान यसलाई पिसेर छान्ने। त्यसमा थोरै मिश्री मिसाउने। अब यो मिश्रणलाई एक हप्तासम्म नियमित पिउनुपर्छ।
























