काठमाडौं, असोज २ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३९० पुगेको छ।
पछिल्लो एक सातामा कति जनाले ज्यान गुमाए ?
यसअघि विहीबार (हिजो) कोरोनाका कारण नेपालमा ४ जनाको मृत्यु भएको थियो। त्यसअघि बुधबार कोरोनाका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो। त्यसैगरी गत मंगलबार ११ जनाको कोरोनाका कारण ज्यान गएको थियो भने सोमबार एकैदिन १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए। मन्त्रालयका अनुसार गएको आइतबार भने कोरोनाका कारण ९ जनाले ज्यान गुमाएका थिए।
गत शनिबार १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो। कोरोनाकै कारण गएको शुक्रबार ५ जनाको कोरोनाले मृत्यु भएको थियो।
Facebook Comments


























