भदौ २७ । टाउको दुख्नु अधिकांश मानिसको समस्या हो। कामको चाप, तनाव, जीवनशैली, खानपान, मौसम र सहनशक्तिको अभावले टाउको दुख्छ।
हेर्दा सामान्य देखिए पनि टाउको दुखाईलाई वेवास्ता गर्नुहुदैन। यदि लगातार टाउको दुखेमा चिकित्सकको परामर्श लिनुपर्छ। तर यदि धेरै टाउको दुख्यो र तत्काल चिकित्सक कहाँ जान अनुकुल नभए घरेलु उपायबाट यसलाई नियन्त्रण गर्न सकिन्छ।
१. मनतातो पानी र कागती
यदि लगातार टाउको दुखिरहेको छ भने एक गिलास मनतातो पानीमा आधा कागतीको रस मिसाएर पिएमा टाउको दुखाई निको हुन सक्छ। कागती पानीले पेटमा ग्याँस बनेर बसेको विकारलाई निकाल्ने गर्दछ। ग्याँसको समस्याले पनि टाउकोको दुख्ने गर्दछ।
२. नुन, दूध र ल्वाङ
टाउको दुखाईबाट आराम पाउन नुन, दूध र ल्वाङको प्रयोग उपयोगी मानिन्छ। आधा चमच ल्वाङको धुलो र एक चिम्टी नुनलाई मनतातो दुधमा मिसाएर पिउँदा टाउको दुखाईबाट आराम मिल्दछ।
३. लसुनको रस
लसुनको रस पिउँदा लगातार टाउको दुख्ने समस्याबाट राहत पाउन सकिन्छ। रस पिउँदा न्युनतम एक चम्चा पिउनु पर्दछ। लसुनका केही टुक्रालाई निचोरेर यसको रस निकाल्नु पर्दछ। लसुन एक प्रकारको प्राकृतीक पेनकिलर पनि हो।
४. पुदिना
माइग्रेनको समस्यामा पुदिनाको सेवन निकै महत्वपूर्ण मानिन्छ। प्राचिन समयदेखि टाउको दुखाईको समस्यामा पुदिना खाने गरिन्थ्यो। यदि लगातार टाउको दुखेको छ भने पुदिनालाई चियामा हालेर पिउँदा आराम मिल्दछ।
५. जीरा र अदुवाको रस
जीराको धुलोमा अदुवा र धनियाँको रस हालेर बनाएको चिया पिउनाले लगातार दुखेको टाउको दुखाई निको हुने गर्दछ। यो घोल बनाउन एक गिलास मनतातो पानीमा जिराको धुलो हाल्ने। त्यसपछि अदुवा र धनियाँ पातको रस हाल्ने र केहिबेर उमाल्ने।
























