काठमाडौं, भदौ २७ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितमध्ये २ करोड ५ लाख ९० हजार ९४९ जना कोरोना संक्रमणमुक्त भएका छन्।
विश्वमा संक्रमितको संखया २ करोड ८६ लाख ४७ हजार ४७७ पुगेको छ।
शनिबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ९ लाख १९ हजार ५१२ पुगेको छ।
अहिले ७१ लाख ५७ हजार १६ जनाको विभिन्न अस्पताल तथा आइसोलेनमा उपचार भइरहेको छ। उपचाररतमध्ये ६० हजार ८८४ जनाको अवस्था गम्भीर छ।
२४ घण्टाको तथ्यांक हेर्दा विश्वभर ३ लाख ४ हजार १०३ संक्रमित थपिएका छन् भने संक्रमित ५ हजार ६८३ जनाले ज्यान गुमाएका छन्।
सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा १ लाख ९७ हजार ४२१ जनाले ज्यान गुमाएका छन्। संक्रमित ६६ लाख ३६ हजार २४७ मध्ये ३९ लाख १७ हजार ९६२ जना निको भएका छन्।
२५ लाख २० हजार ८६४ मा सक्रिय संक्रमण देखिएको छ। उनीहरुमध्ये १४ हजार ३४७ जनाको अवस्था गम्भीर छ।
दोस्रो धेरै संक्रमित मुलुक भारत बनेको छ। भारतमा ४६ लाख ५७ हजार ३७९ जनामा संक्रमण फैलिएको छ। ७७ हजार ५०७ जनाले ज्यान गुमाएका छन्।


























