चितवन, भदौ २२ । चितवनमा सोमबार दिउँसो थप २२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
चितवन मेडिकल कलेज (सिएमसी) कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका १४ र अन्य जिल्लाका ८ जना सहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमित मध्ये भरतपुर महानगरपालिकाका १३ जना र रत्ननगर नगरपालिका–१ की ५४ वर्षीया महिला रहेकी छन्।
यस्तै पूर्व नवलपरासी गैंडाकोट नगरपालिकाका ४ जना र कावासोती नगरपालिकाका १ जना, नवलपरासी पश्चिम बर्दघाटका १ जना, मकवानपुर र बाराका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Facebook Comments


























