काठमाडौं, भदौ २० । पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितमध्ये २८० पुगेको छ।
प्रदेश १ मा मोरङ वर्षिया महिला, प्रदेश २ मा महोत्तरीका ७८, बाराका ७५ वर्षीय पुरुषको मृत्यु भएको छ।
त्यसैगरी, बागमती प्रदेशमा मकवानपुरका ५२ वर्षिया महिला, काठमाडौंका ४१, ५९ र ६५ वर्षीय पुरुषको मृत्यु भएको छ। प्रदेश ५ मा नवलपरासीका ३६ वर्षिया महिला र रुपन्देहीका ४० वर्षीय पुरुषको मृत्यु भएको छ।
देशभर ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएकोछ ।
Facebook Comments


























