चितवन, भदौ २० । जिल्ला प्रहरी कार्यालय चितवनले निषेधाज्ञाको समयमा उच्च सतर्कता अपनाएर मात्रै काम कारवाही गर्न निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिवार जारी गरेको सूचनाको आधारमा बजारमा सञ्चालन गर्न पाइने व्यापार व्यवसायको लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। वर्तमान समयमा भाैतिक दुरी नै काेराेना भाइरसबाट जाेगिने उत्तम उपाए भएकाेले दुरी कायम गरेर मात्रै सेवा लिनेदिने गरिदिन जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नान्तीराज गुरुङले आग्रह गरे। जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको सूचना हेर्नुहोस्:
- जारी आदेश बमोजिम सञ्चालन हुने व्यापारिक संस्था/पसलहरूले न्युनतम कर्मचारी राख्ने। खुला क्षेत्र हेरेर सामाजिक दुरी कायम हुने गरी एकपटकमा बढीमा पाँचजना ग्रहाकबाट मात्र प्रवेश गराउने। डिपार्टमेन्ट स्टोर, फेन्सी पसलहरूले रेडिमेड गार्मेन्टको ट्रायल रूम प्रयोग नगर्ने/नगराउने।
- सरकारी कार्यालयका सेवाग्राहीले आफ्नो स्थानीय तहबाट कार्यालयको सेवा लिने कार्यालयको नाम, प्रयोजन खुलेको सिफारिससहित आवतजावत गर्ने। कम दुरीमा र संभव भएसम्म सवारीसाधन प्रयोग नगर्ने।
- सुरक्षा सम्बन्धि अन्य जानकारीको लागि जिल्ला प्रहरी कार्यालय चितवन परिचालन कक्षको फोन नं. १०० वा ९८५५०९०१३३ मा सम्पर्क गर्न सक्नुहुनेछ।
- ड्युटीमा परिचालित प्रहरी कर्मचारीको कामकारवाही सम्बन्धमा कुनै गुनासो भए तत्काल सम्बन्धित प्रहरी कार्यालय वा प्रहरी प्रमुखलाई जानकारी गराउनुहोला।

Facebook Comments


























