काठमाडौं, भदौ १९ । अर्थमन्त्री डा.युवराज खतिवडाले आज साँझसम्म आफूले मन्त्री पदबाट राजीनामा दिने बताएका छन्।
बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा उनले साँझ सम्ममा आफूले राजीनामा दिने बताएका हुन्।
राष्ट्रिय सभाका सदस्य रहेका उनको थपिएको ६ महिने कार्यकाल भोलि सकिंदै गर्दा आज उनले राजीनामा दिने तयारी गरेका हुन्।
सांसद नरहेका व्यक्ति ६ महिना भन्दा वढी मन्त्री पदमा रहन नपाउने संवैधानिक व्यवस्था छ।
नेकपाले विहिबारको सचिवालय बैठकमा उपाध्यक्ष बामदेव गौत्तमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरिसकेको छ।
Facebook Comments


























