चितवन, भदौं १९ । माडी नगरपालिकाभित्र निषेधाज्ञा केही खुकुलो पार्दै सुरक्षाको मापदण्ड अपनाएर विहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्पूर्ण बजार र पसलहरू खुला गर्ने निर्णय गरिएको छ।
नगरपालिकाले अत्यावश्यक सेवाका लागि भने छुट दिएको छ। नगरपालिकाको निर्णय भोलीदेखि लागु हुनेछ। यस्तै अटो चालक सहित ३ जना र मोटरसाइकलमा १ जना मात्रै सवार हुन पाइने नगरप्रमुख ठाकुर प्रसाद ढकालले जानकारी दिए।
माडी नगरपालिका प्रवेश गर्न पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ। शुक्रबार सम्पन्न कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले नगरपालिकामा कोरोना (कोभिड १९) को जोखिम बढेको भन्दै पिसिआर रिपोर्ट अनिवार्य गरेको हो। भरतपुर लगायत अन्य स्थानिय तहबाट प्रवेशको लागि पिसीआर रिपोर्ट अनिवार्य गरेको र नभए प्रवेश नदिइने नगरप्रमुख ढकालले बताए।
माडीमा कोरोना संक्रमितको संङख्या ५२ पुगेको छ भने ४१ जना संक्रमणमुक्त भइसकेका छन्। ११ जना आइसोलेसनमा उपचाररत छन्।


























