चितवन, भदौं १६ । चितवन मेडिकल कलेजमा थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरुषको मंगलबार विहान २ बजे ५२ मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए।
ती पुरुषमा हिजो ९सोमबार० मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई उपचारका लागि भदौं १४ गते चितवन मेडिकल कलेजमा ल्याइएको थियो । योसंगै चितवनमा मृत्यु हुने मकवानपुरका मात्रै चार जना पुगेका छन् ।
Facebook Comments


























