मकवानपुर, भदौ १५ । मकवानपुरका स्थानीय तहमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले लगाएको निशेधाज्ञा भोलीबाट हटाइने भएको छ। हेटौडा उपमहानगर सहित मनहरी गाँउपालिका थाहा नगरपालिका र भिमफेदी गाँउपालिकामा लगाइएको निषेधाज्ञा हटाइने निर्णय भएको हो। तर क्षेत्रमा व्यवसाय, कार्यालय, बैंक लगायत संस्था संचालनको स्वरुप भने परिवर्तन गरिने भएको छ।
हेटौंडा उपमहानगरपालिका सवै क्षेत्र र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा साउन २६ गतेदेखि जारी निषेधाज्ञा भदौ १६ गते बाट हटाउने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताए। सोमबार बिहान बसेको कमाण्ड पोष्टको बैठकले निषेधाज्ञा हटाउने तर दिउँसोको समयमा बजार र यातायात भने बन्द राख्ने निर्णय भएको प्रजिअ नेपालले बताए। यसै गरी मकवानपुरको थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा लगाइएको निषधाज्ञा पनि हटाईने उनले बताए। निषधाज्ञाको हालको स्वरुपलाई भोलिबाट भने केही सहज बनाइने भएको छ। विहान १० बजेसम्मका लागि सबै प्रकारका व्यवसाय संचालन गर्न दिइने तर यातायात भने विहानको समयमा बन्द नै गरिने भएको छ। बैठकले निषेधज्ञा हटाउने निर्णय गरेको भएपनि बजार सञ्चालन भने बिहान १० बजेसम्म मात्र गर्न दिने निर्णय गरेको छ। यो निर्णय भदौ २५ सम्म लागु हुनेछ।
बैकहरु भने बिहान १० वजेदेखि दिउँसो ३ बजेसम्म खुल्ने भएको छ। बैंक तथा सहकारी सस्थाहरु भदौ १६ गतेबाट सञ्चलनमा आउने भएको छ। बैंक तथा सहकारीको लागि बिहान १० बजेदेखि ३ बजेसम्मको खोलिने बताइएको छ। एकै भवनमा रहेका बैंक तथा वित्तिय सस्थाले भने आलोपालो आफ्नो बैंक तथा वित्तिय सस्था सञ्चालन गर्नपर्ने छ । एकै भवनमा धेरै सस्था भएकोले भिड हुने भएपछि यस्तो नियम बनाइएको प्रजिअ नेपालले बताए। बिहान बजार सञ्चालन भएपनि सबारीसाधन भने रोक लगाईएको छ। दिउँस १० बजेबाट भने टिफर सञ्चालन गर्न पाईने छ भने लोड सबारीहरु साँझ सातबजेपछि मात्र सञ्चालन हुनेछन्। उद्योगको हकमा भने मजदुरलाई क्वारेन्टिनको ब्यवस्थापन गरेर मात्र सञ्चालनमा आउनुपर्नेछ। सार्वजनिक यातायात भने सञ्चालनमा पूर्ण रोक लगाईएको छ।


























