चितवन, भदाै १३ । चितवनमा शनिबार एकैदिन ७३ जनामा काेराेना देखिएपछि संक्रमितकाे संख्या ५९८ पुगेकाे छ। स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार शनिबार थपिएकाे संख्यासँगै संक्रमितकाे संख्या ५९८ पुगेकाे हाे। शनिबार धुलिखेल अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट खैरहनीका १२ जनामा संक्रमण पुष्टि भएकाे थियाे भने चितवन मेडिकल कलेजकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा रत्ननगरका ३५, भरतपुरका २३ र राप्तीका एकजना गरी ७३ जनामा संक्रमण पुष्टि भएकाे थियाे।
काेराेना भाइरस संक्रमणकाे जाेखिम कम गर्न भन्दै सरकारले जेठ ३२ गते करिब तीन महिना लामाे लकडाउन गरेकाे थियाे। असार १ गतेदेखि लकडाउन खुलाएकाे नेपालमा पछिल्लाे समय संक्रमितकाे संख्या झनै बढ्दै गएपछि असार र साउन महिनामा खुकुलाे भएकाे चितवनमा साउन अन्तिमदेखि हालसम्म सबै स्थानीय तहमा लागू हुने गरी निषेधाज्ञा जारी छ। छिमेकी जिल्लाकाे देवघाट र गैँडाकाेटमा पनि निषेधाज्ञा जारी नै छ। तर संक्रमणकाे दर भने घट्नुकाे साटाे बढेकाे बढ्यै छ। यसले समाजमा थप त्रास सिर्जना गरेकाे छ।


























