काठमाडौं, भदौ ९ । नेपालमा सोमबार थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन्।
हिजो सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला र रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय तीन जना पुरुष गरी ८ जनाको मृत्यु भएको थियो।
Facebook Comments


























