नारायणगढ । वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत प्रहरी निरीक्षक रविनबाबु रेग्मी साउन महिनाकाे उत्कृष्ट प्रहरी घाेषित भएका छन्। वडा प्रहरी कार्यालयका प्रमुखकाे जिम्मेवारी सम्हालेर साउन महिनाभरमा गरेकाे कामकाे मुल्यांकन गरी जिल्ला प्रहरी कार्यालयबाट उत्कर्ष्ट घाेषित भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए।
प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मुल्याङ्कन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले महिनाभर उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत र प्रोत्साहित गर्न जिल्ला प्रहरी कार्यालय चितवनबाट साउन महिनामा प्रहरी निरीक्षक रेग्मीलाई साउन महिनाको उत्कृष्ट प्रहरी (वेष्ट पुलिस अफ दि मन्थ) घाेषित गरिएकाे उनले बताए।
Facebook Comments


























