चितवन, भदौं ६ । भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका हेटौंडाका एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ। भदौ ३ गते निमोनिया भएर उपचारका लागि भरतपुर आएका ७५ वर्षीय एक वृद्धको विहीवार राति उपचारको क्रममा मृत्यु भएको थियो।
स्वाब परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको छ। भरतपुर कोभिड ल्यावमा शुक्रबार राति गरिएको भेरिफिकेसन परीक्षणमासमेत उनको रिपोर्ट पोजेटिभ आएको छ ।
उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।
Facebook Comments


























