चितवन, भदौ ६ । सुख्खा पहिरो खसेपछि नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति १ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको हो।
पहिरो खसेसँगै सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। केही बेरमा पहिरो पन्छाउने काम शुरु हुने जनाइएको छ। पहिरो खसेसँगै अत्यावश्यक भएर गुडेका सवारी साधन रोकिएका छन्।
Facebook Comments


























