चितवन, भदौं ६ । चितवनका २० सहित थप ३३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा चितवनको भरतपुर, रत्ननगर र राप्तीका गरी २० जना र पूर्वी नवलपरासी, मकवानपुर, बारा, रौतहट, पर्सा, र मकवानपुरका गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्।
भरतपुर महानगरपालिकाका मात्रै १६ जना संक्रमित छन्। जसमा ७ जना पुरुष र ९ जना महिला छन्। भरतपुर–२, ७, १० र ११ नम्बर वडाका ती संक्रमितहरु हुन्।
यस्तै रत्ननगर नगरपालिकाका ५० वर्षीय पुरुष, राप्ती नगरपालिका–२, ८ का ३५, ५५ वर्षीय पुरुष र २६ वर्षीयामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
यसैगरी पूर्वी नवलपरासी, मकवानपुर, बारा, पर्सा र रौतहटका गरी ६ पुरुष र २ महिलासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेको नेपालगञ्जका ५ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।


























