काठमाडौं, भदौ ५ । नेपालमा गत २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। विभिन्न ११ जिल्लाका ११ जनाको मृत्यु भएको हो।
पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार ९ सय ६४ उपचारपछि निको भएका छन्। पछिल्लो २४ घन्टामा नेपालमा थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २९ हजार ६४५ जना पुगेको छ।
काठमाडौं उपत्यकामा बिहीबार २०० जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ जना छन् भने ८ हजार ८३ छ। ३ हजार ४ सय ७२ जना होम आइसोलेसनमा छन्।


























