चितवन, भदौ ५ । चितवनमा थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गएराति गरिएको परीक्षणमा चितवनका २२ जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्।
भरतपुर महानगरपालिका–२, ७, १० र ११ का ८ पुरुष र ११ महिला गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै राप्ती नगरपालिकाको वडा नं.२ र ८ का गरी थप ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
यसैगरि संक्रमण पुष्टि हुनेमा नवलपुर, पर्वत, पर्सा र मकवानपुरका एकरएक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.अधिकारीले जानकारी दिइन् । चितवनमा २२ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ३०३ पुगेको छ ।

Facebook Comments


























