काठमाडौं, भदौ ४ । नेपालमा बिहीबार थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ।
यसअघि हिजो बुधबार काठमाडौं र बर्दियामा एक/एक जना पुरुष तथा मोरङ, भक्तपुर, चितवन र सुनसरीका एक(एक जना महिला गरी ६ जनाको कोरोनाले मृत्यु भएको थियो।
त्यसैगरी मंगलबार एकैदिन ७ जनाको कोरोनाले मृत्यु भएको थियो।
Facebook Comments


























