चितवन, भदौ ४ । चितवनमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
भरतपुर महानगरपालिका–७ का ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्।
ती पुरुष होम क्वारेन्टिनमा बसेका थिए। गए राति कुल ५५६ नमुना परीक्षण गरिएको छ। योसंगै चितवनमा कुल संक्रमितको संख्या २८१ पुगेको छ।
Facebook Comments


























