चितवन, साउन ३२ । भरतपुर महानगरपालिकामा जारी निषेधाज्ञा थप कडाई गर्न सेना परिचालन गरीएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञाका समय पैदल यात्री सहितलाई कडा चेक गरेको छ।
अत्यावश्यक काम भएमात्रै आवतजावत गर्न दिइएको छ भने अन्यलाई पुन आफ्नै गन्तव्यमा फर्काइएको छ।
चितवनबाट भरतपुर प्रवेश गर्ने नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडा चेकजाँच गरेका छन् भने समुदायमा सेनाले गस्ती गरिरहेको छ।
यता, निषेधाज्ञा जारी सँगै कोभिड १९ पुष्टि भएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाउँदै परीक्षणलाई तीव्र पारेको स्वास्थ्य कार्यलय चितवनका प्रमुख दिपकप्रसाद तिवारीले जानकारी दिनुभएको छ।
Facebook Comments


























