मोरङ, साउन ३० । मोरङको कोशी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ। अस्पतालको आइसोलेसनमा उपचाररत सिरहाको विष्णपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो।
टाइफाइड, ज्वरो, खोकी र श्वास–प्रश्वाससम्बन्धी समस्या भएर सिरहाबाट आएका उनलाई बुधबार राति २ बजे अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।
उपचारकै क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा.लक्ष्मीनारायण यादवले जानकारी दिए।
डा.यादवका अनुसार अस्पताल भर्ना गर्ने क्रममा लिएको स्वाबको रिपोर्टमा कोरोना पोजिटिभ आएको छ।
Facebook Comments


























