काठमाडौं, साउन २५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ। गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो।
तीमध्ये ४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयको एक अधिकारीले बताएका छन्। स्रोतको अनुसार संक्रमित कर्मचारीको पहिचान गरी उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु गरिएको छ।
Facebook Comments


























