साउन २४ । भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।
चालक दलका ६ सदस्यसहित दुवईबाट १८४ यात्रु लिएर आएको एयर इन्डिया एक्सप्रेसको AXB १३४४, बोइंग विमानमा १० बालबालिकासमेत रहेका थिए।
उक्त विमान केरलाको कोझिकोड विमानस्थलमा अवतरणका क्रममा शुक्रबार साँझ नेपाली समय अनुसार ७स्४५ बजे दुर्घटना हुँदा दुई पाइलटसहित १७ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।
दुर्घटनामा १७३ जना घाइते भएका छन्। त्यसमध्ये २० देखि २५ यात्रुको अवस्था चिन्ताजनक रहेको बीबीसी हिन्दीले जनाएको छ। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
भारी वर्षाका कारण अवतरणका क्रममा रनवेमा चिप्लिएर विमान दुर्घटना भएको हो। दुर्घटनापछि विमान दुई टुक्रा भएको छ। विमान दुई टुक्रा भएपनि आगलागी भने भएको थिएन। एजेन्सी
Facebook Comments


























