काठमाडौं, साउन २३ । पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ।
उनको बिहीबार साँझ मृत्यु भएको पाटन अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माले जानकारी दिए। मृतक वीरगञ्जका ४५ वर्षका पुरुष हुन्।
उनी साउन १७ गते स्टार अस्पतालबाट पाटनमा रेफर भएका थिए। उनी मधुमेह र रक्तचापका बिरामी थिए।
योसँगै नेपालमा ६६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म २१ हजार ७५० जना संक्रमित भएका छन् भने १५ हजार ३८९ जना निको भएर घर फर्किएका छन्।
Facebook Comments


























