काठमाडौं, साउन २३ । नेपाली कांग्रेसका नेता तथा सांसद गगन कुमार थापाले अबको कांग्रेसको महाधिवेसनले नयाँ तरंग ल्याउनेछ साथै सिनियर नेताहरुलाई नेतृत्व पंक्तिबाट बिदा गर्ने कुरा उल्लेख गरेका छन्।
दिल भुषण पाठकसंगको एक टेलिभिजन अन्तर्वार्ताका क्रममा नेता गगन थापा महाधिवेसन केन्द्रित भएर कुराकानी गरेका छन्। गगन थापाका अनुसार अहिले नेपाली कांग्रेस भित्र नयाँ संयन्त्र ल्याउने कोशिस हुँदै छ जहाँ सिनियर नेताहरु मान्नु भएको छैन तर हामी मनाउने तयारीमा छौं र यो गर्न सके नेपाली कांग्रेस जनतासंग जोडिने छ। यस पालीको अधिवेसनले सिनियर पंक्तिका नेताहरुलाई नेतृत्व तहबाट बिदा गर्ने भर्पुर कोशिस हुँदै गरेको नेता थापाले जनाएका छन्।
गगन थापाले कुराकानीमा भने, ‘अहिले हाम्रो पार्टीमा आफुले चाहेको ३/४ हजार सदस्यहरु बनायो अनि त्यही आफुले चुनिएको सदस्यहरुले चुनेकोले नेतृत्व गर्ने चलन रहेको छ जसले गर्दा जनता माझ हाम्रो पार्टी पुग्न सकेन। अहिले हामी लाखौ सदस्यले चुनेकोले पार्टी नेतृत्व गर्न सकोस भन्ने कोशिसमा लागेका छौं तर सिनियर लिडरहरुले अहिले मानिरहनु भएको छैन। यस महाधिवेसनबाट बुढा नेताहरुलाई सम्मान साथ बिदा गर्ने तयारी गरिरहेका छौं र नेपाली कांग्रेसलाई अब यो जरुरी पनि छ।’
‘यदि अहिले हामीले सिनियर लिडरलाई बिदा गर्न सकेनौ भने नेपाली कांग्रेस पार्टी असान्धर्विक बनाउनु हो त्यसैले यो जरुरी नै छ। हाम्रो पंक्तिका नेताहरुले यो कुरा स्वीकारेर अघि बढेका छौं र मनाईरहेका छौं। यदि स-सम्मान सहित बिदा हुन चाहनु भएन भने जबरजस्ती पनि गर्न सक्छौं। अब एउटा पुस्ताको लिडरहरु जानुपर्छ र नयाँ पुस्ताहरुलाई हस्तान्तरण गर्नुपर्ने छ।’, नेता थापाले भने।
पूर्व स्वास्थ्य मन्त्री समेत रहेका गगन थापाले यस पालीको महाधिवेशन समावेशी रहने बताएका छन्। यसपाली पार्टीका ठूला नेताहरुले बिदा लिने अवस्थामा पुग्नु हुनेछ भन्ने ढुक्क रहको समेत जनाएका छन्।


























