साउन २३ । बैगुन, भण्टा, भेण्टा वा भण्टा अनेकन नामले चिनेन भाण्टामा धेरै मानिसले रुचाउँदैनन्।
भाण्टा खाँदा चिलाउँछ भन्ने सोचका कारण मानिस स्वादिलो भए पनि भाण्टालाई नरुचाएको पाइन्छ।
तर भाण्टाको सेवनले चिलाउने होइन यसमा भएको बहुगुणी पोषणले शरीरलाई अत्यन्त धेरै फाइदा पुर्याउँछ। तसर्थ भाण्टा खादाँ शरीरमा निकै धेरै फाइदा मिल्दछ।
यस्तो छ भाण्टा खादाँ शरीरमा हुने फाइदा :
१. भाण्टामा फाइवरको मात्रा प्रचुर हुन्छ । जसले पाचन जन्य समस्या निको पार्दछ।
२. न्यून क्यालोरी हुने भएकाले यसको नियमित सेवनले वजन नियन्त्रणमा सघाउ पुर्याउँछ।
३. यसको सेवनले शरीरमा कोलेस्ट्रोल र चिनीको मात्रालाई नियन्त्रण गर्दछ।
४. भाण्टामा भिटामीन ए, सी, ई, के, वि ६ पाइन्छ।
५. यसमा क्यालसीयम, आइरन, म्यागनेसियम, फोसफोरस लगायतको तत्व पनि पाइन्छ।
६. भाण्टाको नियमित सेवनले मधुमेह, मुटु रोगमा समेत लाभ मिल्दछ।
७. भाण्टाको सेवनले रक्तनलीलाई तन्दुरुस्त राख्ने काम गर्दछ।
८. भाण्टामा पाइने तत्वले छालालाई सफा, रसिलो र मुलायम राख्दछ।
९. भाण्टाको रस कपालमा लगाउँदा जरा बलियो हुन्छ।
१०. भाण्टामा अत्यधिक मात्रामा पाइने पोली फिनोलले क्यान्सरबाट जोगाउँछ।
११. यसको बोक्रामा पाइने एन्थोसाइनिन फाइटोले मतिष्कको कोषिका क्षति हुनबाट बचाउँछ।
१२. भाण्टाको रसको सेवनले शरीरबाट बिषाक्त पदार्थ निकालेर मृगौला स्वस्थ राख्दछ।
१३. यसको सेवन हाडको स्वास्थ्यका लागि पनि उपयुक्त हुन्छ।
























