चितवन, साउन १६ । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीद्धारा यही साउन १ गते राप्ति नगरपालिका वडा न-२ का चेपाङ तथा मगर समुदायका ५ जना युवालाई कुटपिट गरी घाईते बनाएको र घाईते भएका राजकुमार चेपाङको उपचारको क्रममा यही साउन ८ गते भरतपुर अस्पतालमा मृत्यु भएको प्रति नेपाल चेपाङ संघ केन्द्रिय कार्यकारिणी समिति काठमाडौंले घटनाको खेद प्रकट गरेको छ।
संघले शनिवार भरतपुरमा पत्रकार सम्मेलनको आयोजवना गर्दै निकुञ्जले माडी नगरपालिका–९ कुसुमखोलामा चेपाङ समुदायका घर जलाएको र हात्ती लगाएर भत्काउन लगाएको प्रति समेत समितिले भ्रत्सना गरेको छ।
समितिका अध्यक्ष जितेन्द्र चेपाङले एक विज्ञप्ति जारी गर्दै पिडित परिवारलाई तत्काल गाँस, बास र कपास सहितको तत्कार पुर्नवासको माग गरेका छन्। उनले घर भत्काउने, आगजनी गर्ने, अन्नवाली नष्ट गर्न निर्देशन दिने कर्मचारी माथी तत्कालै छानविन गरी बर्खास्त गर्न माग गरे। चेपाङ समुदायलाई प्रकृतिक स्रोत साधनको उपभोगमा लगाईएको प्रतिवन्ध फुकुवा गर्नुपर्ने, चेपाङ समुदायलाई बस्ति स्थान्तरण गर्दा उनीहरुको परम्परा, रितिरिवाज, संस्कृति र धर्ममा दखल नपुग्नेगरी व्यवस्था मिलाउनु पर्ने। यस्तै, मृतक राजकुमार चेपाङको परिवारलाई राहत स्वरुप रु १० लाख सहित उतिच क्षतिपूर्ती दिनुपर्ने, अन्य चार घाईतेहरुको निशुल्क उपचार गर्नु पर्ने विज्ञप्तिमा जनाएको छ।

यदी माग सम्बोधन नभएको खण्डमा नेपाल चेपाङ संघ तथा आदिवासी जनजातिहरु शान्तिपूर्ण चरणवद्ध आन्दोलनमा उत्रने चेतावनी दिईएको छ।


























