वीरगञ्ज, साउन १६ । वीरगञ्जमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ नगवाका ३५ वर्षीय युवक र वडा नम्बर–२ छपकैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको हो।
यस्तै, गण्डक कोभिड अस्पतालमा उपचाररत ५६ वर्षीय जगदम्बा इन्टरप्राइजेज प्रालिका प्रमुख कार्यकारी अधिकृतको मृत्यु भएको छ।
नगवाका ३५ वर्षीय युवकको गण्डक अस्थायी कोभिड अस्पतालको आइशोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो।
ज्वरो आएपछि उनलाई साउन ५ गते तराइ हस्पिटलमा भर्ना गरिएको थियो। स्वास्थ्य बिग्रिदै गएपछि कोरोनाको आशंकामा उनलाई साउन १३ गते गण्डक कोभिड अस्पतालमा भर्ना गरिएको थियो।
रिपोर्ट पोजेटिभ आउनु अगाडि नै उनको मृत्यु भएको थियो। योसंगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या १३ पुगेको छ।
Facebook Comments


























