काठमाडौं, साउन ८ । लकडाउनका कारण बिगत ४ महिनादेखि राइड शेयरिङ कम्पनी टुटल र पठाओले आजदेखि सेवा सुचारु गर्ने भएका छन्। सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेसँगै उनीहरुले आजदेखि नै सेवा सुचारु गर्न लागेका हुन्।
कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गत चैत ११ गतेदेखि गत साउन ६ गतेसम्म लकडाउन लगाएको थियो। उक्त अवधीमा उनीहरुको सेवापनि बन्द भएको थियो। यद्यपि, पठायोले भने २ साता अघि अत्यावश्यक सेवाका लागि भनेर सेवा खुलेको थियो।
कोरोना भाइरसबाट बच्न सुरक्षाका उपायहरु अबलम्बन गरेर सेवा थालनी गरिने बताइएको छ। टुटललले आफ्ना चालकहरुलाई मास्क, पञ्चा लगायतका सामग्री दिएको छ। यस्तै, पठाओले आफ्ना सबै चालकलाई पीपीईभन्दा एक तहमुनिको सुरक्षा पहिरन बीपीजी (ब्रिदेबल प्रोटेक्टिभ गियर) प्रदान गरेको छ।
Facebook Comments


























