चितवन । मंगलबार दिउँसाे करिब ४ः३० बजे एकतर्फी सञ्चालनमा आएकाे मुग्लिन–नारायणगढ फेरि अवरुद्ध भएकाे छ। राति करिब पौने नाै बजेको समयमा भरतपुर महानगरपालिका वडा नं २९ स्थित सत्र किलो नजिकै बतासे डाँडाबाट चट्टानसहितको पहिरो खसेपछि ३६ घण्टापछि खुलेकाे बाटाे चारघण्टापछि फेरि अवरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ। रातिकाे समयमा पहिराे खसेकाेले पहिराेले अन्य क्षति गरेकाे छ या छैन भन्ने विषयमा यकीन नभएकाे प्रहरीले जनाएकाे छ।
सोमबार बिहान करिब ५ बजेकाे समयमा चारकिलोमा ठूलो पहिरो खसेपछि अवरुद्ध भएकाे सडक साेमबार र मंगलबार दिनभरकाे प्रयासपछि मंगलबार दिउँसाे करिब साढे चारबजेपछि एकतर्फी खुलाइएकाे थियाे।
Facebook Comments


























