चितवन, साउन ४ । चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका ९ मा रहेको कुसुमखोलामा स्थानीयको घर हात्ती प्रयोग गरेर आगजनी गरेको छ। निकुञ्ज प्रशासनले कुसुमखोलामा २ वटा घरमा आगजनी गरेको छ भने हात्ती लगाएर ८ वटा घरहरु भत्काइदिएको छ।
निकुञ्जको अतिक्रमित क्षेत्रमा बसोबास गरेको भन्दै निकुञ्ज प्रशासनले पटक पटक घर भत्काउँदै आएको थियो। आगजनीका कारण २ वटा घर जलेर पूर्णरुपमा नष्ट भएका छन् भने घरमा रहेका नागरिकता प्रमाणपत्र एवं अन्न र नगद पैसासमेत जलेर खरानी भएको माडी ९ का वडाध्यक्ष शिवहरि सुवेदीले जानकारी दिए।
केही समय अगाडि निकुञ्ज प्रशासन र कुसुमखोलाका स्थानीयबीच छलफल भएको थियो। छलफलमा सो क्षेत्रमा भएका समस्या समधान गर्ने प्रशासनले प्रतिबद्धता दिएको थियो ।
Facebook Comments


























