काठमाडौं, साउन ४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग आफूले कुनै सहमति नगरेको बताएका छन्।
सहमति भएको चर्चासँगै आइतबार बिहान छलफलका लागि खुमलटार पुगेका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग प्रचण्डले वालुवाटारमा कुनै सहमति नभएको बताएका हुन्।
‘छलफलका लागि महाधिवेशनको प्रस्ताव ल्याइएको हो, कुनै सहमति भएको छैन’, प्रचण्डको भनाइ उद्धृत गर्दै खुमलटार स्रोतले भन्यो।
Facebook Comments


























